अछामको पञ्‍चदेवलमा मतदान सुरु

लोकपथ
299
Shares

अछाम । अछामको पञ्‍चदेवल विनायक नगरपालिका-५ लयाटीमा कडा सुरक्षाबीच मतदान सुरु भएको छ ।

३० वैशाखमा झडपका कारण रद्द भएको मतदान पुनः सुचारु भएको हो ।

मतदान केन्द्र नवज्योती माविमा सुरक्षा कडा पारिएको छ । सुरक्षाकर्मीले मतदान केन्द्रको सुरक्षाको जिम्मा लिएका छन् ।

मतदान केन्द्र आसपासमा मतदाता र उम्मेदवार बाहेकलाई प्रवेश रोक लगाइएको छ । अहिलेसम्म ३४ मत खसेको छ ।

आज काभ्रेको पाँचखाल नगरपालिका–१३ को श्रीराम मावि मतदान केन्द्र, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० को विजय मावि मतदान केन्द्र र बाजुराको बुढीनन्दा नगरपालिका-८ को पिस क्रियटर एकेडेमी मतदान केन्द्रमा पनि मतदान सुरु भएको छ ।

साँफेबगर नगरपालिका-१३ बाब्लामा ६ जेठमा मतदान हुनेछ । पुनः मतदान गर्नुपर्ने अन्य मतदान केन्द्रमा पनि केही दिन भित्रमा मतदान गर्ने गरी सूचना प्रकाशन हुने आयोगले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?