काठमाडाैं अपडेट : बालेनले कटाए १० हजार मत, स्थापित दाेब्बर मतले पछि

लोकपथ
1.4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह ‘बालेन’ले ४ हजार ४५७ मतान्तर बनाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार साहले दश हजार ४६ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेका केशव स्थापितले ५ हजार ३१४ मत पाएका छन् । कांग्रेसकी सिर्जना सिंहले ४ हजार ६४१ मत पाएकी छन् ।

उपमेयरमा भने एमाले उम्मेदवार सुनिता डंगोल भारी मतका साथ अगाडि छन् । उनले ९ हजार ४२१ मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार ६६४ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?