जनकपुरधाम उपमहानगरमा स्वतन्त्र उम्मेदवार मनोजको अग्रता कायमै, उपप्रमुखमा कांग्रेसको अग्रता

लोकपथ
483
Shares

काठमाडौं । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको हाल मतगणना जारी छ । जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २ हजार ९ सय २ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका शिवशंकर साहले १ हजार १ सय ८८ मत ल्याएका छन् ।

त्यस्तै, अर्का स्वतन्त्र उम्मेदवार बलराम महतोले भने ७ सय ४४ मत प्राप्त गरेका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका मनोज चौधरीले ६ सय २७ मत प्राप्त गरेका छन् भने जनता समाजवादी पार्टी, नेपालका लालकिशोर साहले ३ सय ६३ मत ल्याएका छन् ।

यता, जनकपुरधाम उपमहानगरपालिकाको उपप्रमुखमा भने नेपाली कांग्रेसकी किशोरी साह २ हजार ६ सय ३१ मतका साथ अग्र स्थानमा रहेकी छिन् । साहलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी रुणादेवी झा १ हजार ३ सय ४४ मत ल्याएकी छिन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार निर्मलकुमार चौधरी ९ सय ४३ मत ल्याएकी छिन् भने लोकतान्त्रिक समाजवादी पार्टी, नेपालकी रिताकुमारी मिश्रले ६ सय ७८ मत ल्याएकी छिन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?