यस्तो छ ११ वटै उपमहानगरपालिकाको पछिल्लो मत परिणाम

लोकपथ
1.3k
Shares

काठमाडौं । देशैभर अहिले स्थानीय तह निर्वाचनको मत गणना भइरहेको छ । देशका विभिन्नस्थानबाट मत परिणामहरु आउने क्रम जारी रहेको छ । निकै चासोका साथ हेरिएको देशको ११ वटै उपमहानगरपालिका मध्ये १० वटा उपमहानगरपालिकाको मत परिणाम आउने क्रम जारी रहेको छ ।

कुन उपमहानगरपालिकामा को अगाडि :

धनगढी उपमहानगरपालिका : 

धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमाल ४,९६४ मतका साथ अग्रस्थानमा छन् । हमाललाई पछ्याइरहेका नेपाली कांग्रेसका नृपबहादुर वडले २,५९१ मत ल्याएका छन् ।

हेटौंडा उपमहानगरपालिका : 

हेटौंडा उपमहानगरपालिका नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी मीनाकुमारी लामाले ५ हजार २ सय ४५मत ल्याएकी छिन् । लामालाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक बहादुर सिंहले ४ हजार ९ सय ३० मत ल्याएकी छिन् ।

बुटवल उपमहानगरपालिका : 

बुटवल उपमहानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार खेलराज पाण्‍डेय ५,७३७ मतका साथ अग्रस्थानमा छन् । पाण्‍डेयलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका बाबुराम भट्टराईले ३,९४० मत ल्याएका छन् ।

नेपालगंज उपमहानगरपालिका : 

नेपालगंज उपमहानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार प्रशान्त विष्ट ६,६८७ मतका साथ अग्रस्थानमा छन् । विष्टलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका पशुपति दयाल मिश्राले ३,५९३ मत ल्याएका छन् ।

धरान उपमहानगरपालिका : 

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार किशोर राई ४,१५६ मतका साथ अग्रस्थानमा छन् । राईलाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी मञ्‍जु भण्‍डारी सुवेदीले ३,४५६ मत ल्याएकी छन् ।

इटहरी उपमहानगरपालिका : 

इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेल ६,००२ मतका साथ अग्रस्थानमा छन् । पौडेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ४,५९३ मत ल्याएका छन् ।

तुलसीपुर उपमहानगरपालिका : 

तुलसीपुर उपमहानगरपालिका अन्तर्गतको कुनैपनि वाडको मत गणना सुरु भएको छैन ।

घोराही उपमहानगरपालिका : 

घोराही उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार नरुलाल चौधरी १३,००१ मतका साथ अग्रस्थानमा छन् । चौधरीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका हेमराज शर्मा पोख्रेलले ११,२७४ मत ल्याएका छन् ।

जनकपुरधाम उपमहानगरपालिका : 

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी २,९०२ मतका साथ अग्रस्थानमा छन् । सुडीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका शिवशंकर साहले १,१८८ मत ल्याएका छन् ।

कलैया उपमहानगरपालिका : 

कलैया उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एमालेका विनोदप्रसाद साहले ४ हजार ८ सय ४८ मतका साथ अग्रस्थानमा छन् । साहलाई पछ्याइरहेका नेपाली कांग्रेसका राजेश राय यादव २ हजार ९ सय ७९मत ल्याएका छन् ।

जितपुर-सिमरा उपमहानगरपालिका : 

जितपुर सिमरा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र उम्मेदवार राजन पौडेल १०,०३१ मतका साथ अग्रस्थानमा छन् । पौडेललाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी सरस्वतीदेवी चौधरीले ७,६३० मत ल्याएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?