भरतपुर महानगरपालिकामा कडा टक्कर : १७ मतले रेणुको अग्रता

लोकपथ
2.3k
Shares

काठमाडौं । सबैको चासो रहेको भरतपुर महानगरपालिकामा मत गणनाको जारी छ । निकै कडा टक्करका साथ आइरहेको मत परिणामले पनि भरतपुरको मतगणना रोचक भइरहेको छ ।

भरतपुर महानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकी उम्मेदवार रेणु दाहाल ५ हजार १ सय ६५ मतका साथ अग्रस्थानमा छिन् । दाहाललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेबाट मेयरका उम्मेदवार विजय सुवेदीले ५ हजार १ सय ४८ मत ल्याएका छन् ।

त्यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार ४ सय ४० मत ल्याएका छन् ।

त्यस्तै, उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी अग्र स्थानमा रहेका छन् । उनले ६ हजार २ सय ६ मत पाएर अग्र स्थान कायमै राखेका छन् । अधिकारीलाई पछ्याइरहेकी राष्ट्रिय प्रजातन्त्र पार्टीकी हिमला गुरुङ ४ हजार १ सय ५७ मतल्याएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?