सुर्नयाको अध्यक्षमा एमालेका कुँवर र उपाध्यक्षका कांग्रेसका बोहरा

लोकपथ
182
Shares

बैतडी । बैतडीको सुर्नया गाउँपालिका अध्यक्षमा नेकपा एमालेका अम्मर कुँवर विजयी भएका छन् । कुँवरले नेकपा (एकीकृत समाजवादी) का नरेन्द्र बिष्टलाई २५ मतले पराजित गर्दै विजय हासिल गरेका हुन् । उपाध्यक्षमा भने, नेपाली कांग्रेसका मञ्जु बोहरा विजयी भएकी छन् । बोहराले राप्रपाका देव बहादुर चन्द तथा माओवादी केन्द्रलाई पराजित गर्दै विजय हासिल गरेकी हुन् ।

सुर्नयाका वडाहरुमा भने, मिश्रीत परिणामा आएको छ । वडा नं. १ मा एमालेका धन बहादुर चन्द विजयी हुदाँ, वडा नं. २ का राप्रपाका गणेश बिष्ट विजयी भएका छन्, वडा नं. ३ मा कांग्रेसका सम्भु भट्ट विजय हुदाँ वडा नं. ४ का कांग्रेसकै प्रताप महरा विजयी भएका हुन् । वडा नं. ६ मा एमालेका मदन अवस्थी विजय भएकाछन् । वडा नं. ७ मा कांग्रेसका भक्त बहादुर कुँवर र वडा नं. ८मा कांग्रेसकै भानबहादुर चन्दले जित हासिल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?