काठमाडौं महानगर : ३ हजार ६ सय ५८ मतले बालेनको अग्रता, स्थापित र सिंहले कति ल्याए मत ?

लोकपथ
3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता कायमै रहेको छ । साह उनका निकटमा प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमालेका केशव स्थापितभन्दा ३ हजार ४ सय ७७ मतले अगाडि छन् ।

बालेनले ७ हजार ७ सय ७१ मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका स्थापितले ४ हजार १ सय १३ मत ल्याएका छन् । यस्तै, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ३ हजार ५ सय ७३ मत प्राप्त गरेकी छिन् ।

यता, राष्ट्रिय प्रजातान्त्रिक पार्टीका तर्फबाट मेयर उम्मेदवार बनेका मदनदास श्रेष्ठले ५ सय २१ मत प्राप्त गर्दा अर्का स्वतन्त्र उम्मेदवार समान सायमीले २ सय ८१ मत प्राप्त गरेका छन् ।

त्यस्तै, विवेकशील साझाकी उम्मेदवार समिक्षा बास्कोटाले २३ मत प्राप्त गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?