काठमाडौं महानगर अपडेट : मतान्तर बढाउँदै बालेन साह

लोकपथ
4k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै अग्रता कायम राखेका छन् । एमालेका केशव स्थापितको भन्दा ३ हजार ३ सय ४३ मत बढी ल्याएर बालेनले अग्रता कायम राखेका छन् ।

राष्ट्रियसभा गृहमा मतगणना भइरहेको छ । सोमबार दिउँसो साढे १ बजेसम्मका अपडेट गराएको आयोगका अनुसार साहले ७ हजार ८९, स्थापितले ३ हजार ७ सय ४६, कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय, राप्रपाका मदनदास श्रेष्ठले ५ सय २१ मत ल्याएका छन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?