६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालद्वारा सगरमाथाको सफल आरोहण

लोकपथ
13
Shares

काठमाडौं । वरिष्ठ अधिवक्ता विष्णु भुसालले सगरमाथाको सफल आरोहण गरेका छन् । ६२ वर्षीय भुसाल आज विहान (जेठ २) ७.३० मा सगरमाथाको चुचुरोमा पुगेका हुन्। भुसालको आरोहणको व्यवस्थापन गरेको हिमालयन सेपर्डका अनुसार सगरमाथाको सफल आरोहण गर्ने उनी पहिलो अधिवक्ता हुन्।

विश्व समुदायसँग कार्बन उत्सर्जन कम गर्न अपील गर्दै उनले सगरमाथा आरोहण गरेका हुन् । नेपाल बार एसोसिएसनको लोगो अंकित झण्डा सहित उनी वैशाख २ मा सगरमाथा आरोहणमा गएका थिए ।

अमेरिकाबाट वातावरणीय तथा प्राकृतिक स्रोत सम्बन्धी कानुनमा स्नातकोत्तर भुसालले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूमा कानुनविद्को रुपमा कार्य गर्दै आएका छन् । अर्घाखाँची स्थायी घर भएका भुसाल हाल श्रीमती राधा, छोरी डाक्टर प्रीति र छोरा रोशनसहित राजधानीको बाँसबारीमा बस्दै आएका छन् ।

भुसालकी छोरी डाक्टर प्रीतिले चार दिन अघि मात्र सगरमाथाको सफल आरोहण गरेकी थिइन् । छोरा रोशन अहिले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट सिभिल इन्जिनियरिङमा विद्यावारिधी गर्दैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?