डोल्पाको ठुलीभेरीमा कांग्रेसको जीत

लोकपथ
312
Shares

डोल्पा । डोल्पा सदरमुकाम रहेको ठुलीभेरी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार स्वर्णबहादुर बुढा विजयी भएका छन् । उनले एक हजार दुई सय ८६ मत ल्याएका छन् ।

उनका प्रतिद्धन्द्धी नेकपा एसका कर्णबहादु रोकायले नौ सय ४५ भोट ल्याइ पराजित भए । उपप्रमुखमा कांग्रेसकै छिरिङ टोल्मा महतले आठ सय ४८ मत ल्याएर विजय भएका छन् । उनको प्रतिद्धन्द्धी वीरबलकुमार भण्डारीले ६ सय ८६ मत ल्याएर पराजित भएका छन् ।

११ वडा रहेको ठुलीभेरीमा वडा नम्वर १ मा कांग्रेसका तेजेन्द्र रोकया, २ मा नेकपा माओवादी केन्द्रका कमल क्षत्री, वडा नम्वरमा ३ मा कांग्रेसका भक्त भण्डारी, वडा नम्वर ४ मा नेकपा एमालेका जुद्धबहादुर बुढा, वडा नम्वर ५ मा कांग्रेसकै भीमबहादुर रोकाय, वडा नम्वर ६ मा माओवादी केन्द्रका तेजेन्द्र कार्की, वडा नम्वर ७ मा एमालेका ध्रुवविक्रम शाही, वडा नम्वर ८ मा नेकपा (एकीकृत समाजबादी) का मनराज ठकुल्ला, वडा नम्वर ९ मा कांग्रेसकै सुवास कठायत, वडा नम्वर १० मा कांग्रेसका हंसबहादुर महत र वडा नम्वर ११ मा एकीकृत समाजवादीका भद्र कार्की अध्यक्षमा निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?