संखुवासभाको खाँदबारी प्रमुखमा महेश थपलिया विजयी

लोकपथ
4.7k
Shares

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका प्रमुखमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका महेश थपलिका विजयी हुनु भएको छ । प्रमुख थपलियाले आठ हजार ३४ मत ल्याउँदै विजयी भएका हुन् ।

उनका निकतम प्रतिद्वन्द्वी नेकपा एमालेका जितबहादुर घिमिरेले पाँच हजार ५८९ मत ल्याएका छन् । घिमिरे दुई हजार ४५ सालको स्थानीय तहको निर्वाचनमा खाँदबारी नगरपालिका उपप्रमुख भएका थिए ।

उपप्रमखमा नेकपा एमालेकी महेश्वरा बज्राचार्य विजयी भएकी छन् । उपप्रमुख बज्राचार्यले ६ हजार ३८५ मत ल्याएर विजयी भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी गठबन्धन तर्फबाट माओवादी केन्द्रका दिब्यराज बरालले पाँच हजार १४७ मत मात्रै ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?