१३ असार २०७९, सोमवार

पाणिनी गाउँपालिकामा एमालेका न्यौपाने विजयी

२०७९,जेष्ठ,२,सोमवार १३:२६

225
Shares

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।

एमाले इतरको गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेस अर्घाखाँचीका सचिव समेत रहेका अच्युत गौतम र उपाध्यक्षका उम्मेदवार लक्ष्मी गौतमलाई पराजित गर्दै एमालेका टेकराज न्यौपानेले जित हात पारेका हुन् ।

अध्यक्षमा निर्वाचित न्यौपानेले सात हजार सात सय ४९ मत ल्याए भने उपाापध्यक्ष पदका उम्मेदवार नर्मदा पौडेलले सात हजार ६ सय ६१ मत ल्याएकी छिन् ।

पाणिनी गाउँपालिकालाई नेपाली कांग्रेसले आफ्नो आधार क्षेत्र बताउने गरेको थियो । ०७४ सालमा भएको एकल प्रतिस्पर्धामा जित निकालेको नेपाली कांग्रेसले यो पटक भने माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीलगायतका दलको साथ पाएर पनि पराजित भएको हो । यो पालिकामा चार वडा कांग्रेस र चार वडा नेकपा एमालेले जित निकालेका छन् ।

प्रकाशित मिति: २०७९,जेष्ठ,२,सोमवार १३:२६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं अनुगमन, मूल्यांकन तथा सुपरिवेक्षण उपसमितिका संयोजक प्रदीप पौडेलले वैशाख ३० मा सम्पन्न स्थानीय

काठमाडौं । काठमाडौं महानगरको कार्यपालिका सदस्यमा ८ जना प्रतिनिधि निर्वाचित भएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार भएकाे निर्वाचनबाट नेपाली

बैतडी । बैतडीमा जिल्ला समन्वय समितिको निर्वाचन २४ जेठमा हुँदैछ । निर्वाचनका लागि दलहरू कसरतमा जुटेका छन् । जिल्लामा सत्ता

काठमाडौं । निर्वाचन आयोगले जिल्ला समन्वय समितिको निर्वाचन नसकिएसम्म कुनै पनि राजनीतिक दलले जनप्रतिनिधिहरु राखेर कुनै पनि प्रकारका भेला नगराउन

ताजा समाचार