स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको भन्दा कम

लोकपथ
2.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका उम्मेदवार केशव स्थापित र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले प्राप्त गरेको मत जोड्दा पनि स्वतन्त्र उम्मेदवार बालेन साहको भन्दा कम रहेको छ ।

हालसम्मको मतगणना अनुसार बालेन साहले ६ हजार ६९२, केशव स्थापितले ३ हजार ५६२ र सिर्जना सिंहले ३ हजार १२६ मत पाएका छन् ।

बालेनले स्थापितले प्राप्त गरेकोभन्दा ३ हजार १३० र सिंहकोभन्दा ३ जहार ५६६ बढी मत ल्याएका छन् । सिंहको भन्दा बालेनले दुई गुना बढी मत प्राप्त गरिसकेका छन् ।

स्थापित र सिंहले प्राप्त गरेको मत जोड्दा पनि बालेनको जति पुगेको छैन । स्थापित र सिंहले प्राप्त गरेको कूल मत जोड्दा ६ हजार ६८८ हुन्छ । उक्त मत बालेनले एक्लै प्राप्त गरेकोभन्दा ४ मत कम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?