इटहरी उपमहानगर : हेम कर्ण पौडेल अघि-अघि यामकुमार सुब्बा पछि-पछि

लोकपथ
1.5k
Shares

काठमाडौं । इटहरी उपमहानगरपालिकामा नेपाली कांग्रेस उम्मेदवार हेम कर्ण पौडेलले अग्रता बनाएका छन् । उनी ४ हजार १ सय ६८ मतका साथ अग्रस्थानमा रहेका छन् ।

पौडेललाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका यामकुमार चुङ्गवाङ सुब्बाले ३ हजार १ सय ५३ मत ल्याएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका गंगाबहादुर श्रेष्ठले ४ सय १७ मत ल्याएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका आकाश हाङ्ग लिम्बुले ३ सय ४० मत ल्याएका छन् ।

यता, उपमेयरमा भने नेपाल कम्युनिष्ट पार्टी एमालेकी संगीताकुमारी चौधरी ३ हजार ४ सय ८९ मतका साथ अग्र स्थानमा रहेकी छिन् । चौधरीलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका केशवकुमार विष्‍टले २ हजार ५ सय ९७ मत ल्याएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीकी बबिताकुमारी चौधरीले ५ सय ३० मत ल्याएकी छिन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलिता लिम्बुले ४१ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?