काठमाडौं । हेटौंडा उपमहानगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीकी मेयर पदकी उम्मेदवार मीनाकुमारी लामा अग्र स्थानमा रहेकी छिन् । उनी ४ हजार ४५ मत प्रप्त गर्दै अग्र स्थानमा छिन् ।
लामालाई पछ्याइरहेका राष्ट्रिय प्रजातन्त्र पार्टी दिपक बहादुर सिंहले ३ हजार ९ सय मत प्राप्त गरेका छन् । साथै, नेपाल कम्युनिष्ट पार्टी एमालेका अनन्तप्रसाद पौडेलले ३ हजार ४ सय ७२ मत ल्याउदै तेस्रो स्थानमा रहेका छन् ।
त्यस्तै, हेटौंडा उपमहानगरपालिकामा उपमेयर पदमा नेपाली कांग्रेसका राजेश बानिया अग्र स्थानमा रहेका छन् । उनले ४ हजार ४ सय २१ मत पाएका छन् । बानियालाई पछ्याइरहेकी नेपाल कम्युनिष्ट पार्टी एमालेकी सुमित्रा काफ्लेले ३ हजार २ सय ९५ मत पाएकी छिन् । त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दीरा न्यौपानेले ८ सय ९० मत पाएकी छिन् ।
हेटौंडा उपमहानगरपालिकामा कूल जनसंख्या १,९५,९५१ रहेको छ भने कुल मतदाता संख्या १,०४,४७३ रहेको छ । जसमा ५०,७२५ पुरुष र ५३,७४५ महिला रहेका छन् । यस उपमहानगरपालिकामा १९ वडा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया