राजविराज नगरपालिका वडा नं. १, २ र १६ मा जसपा निर्वाचित

लोकपथ
112
Shares

सप्तरी । राजविराज नगरपालिका वडा नं १ ,२ र १६ मा जनता समाजवादी पार्टीका अध्यक्ष उम्मेदवार विजयी भएका छन्। वडा नं १ को वडा अध्यक्षमा जसपाका चन्दर चौधरी र वडा नं २ मा जसपाकै अरूण कुमार यादव विजयी भएका हुन् ।

राजविराज नगरपालिका १६ मा जसपाकै रामएकबाल यादव विजयी भएका छन्। अरूण र चन्दर दोस्रो पटक अध्यक्ष पदमा विजयी भएका हुन्।२०७४ सालको स्थानीय तह निर्वाचनमा चन्दर नेपाली कांग्रेसबाट वडा अध्यक्षमा विजयी भएका थिए भने अरूण जसपाबाटै निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?