दक्षिणकालीमा फेरी पनि कांग्रेसका मोहन बस्नेत नै विजयी

लोकपथ
351
Shares

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिकाको मेयर नेपाली कांग्रेसले जितेको छ । कांग्रेसका उम्मेदवार मोहन बस्नेत ७ हजार २०१ मतका साथ मेयरमा निर्वाचित भएका हुन् । बस्नेतका प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार श्रीराम आचार्य २ हजार ९ मत अन्तरले पराजित भएका छन् । आचार्यले ५ हजार १९२ मत पाएका थिए ।

त्यसतै उपमेयरमा पनि कांग्रेसकै बसन्ती तामाङ निर्वाचित भएकी छन् । उनले पनि एमालेकै उम्मेदवार इन्दिरा न्यौपानेलाई २ हजार ७९३ मत अन्तरले पराजित गरेकी हुन् ।

मोहन बस्नेत यस अघिको निर्वाचमा पनि नेपाली कांग्रेसबाटै दक्षिणकाली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?