पोखरामा अग्रता बढाउँदै समाजवादी, पछ्याउँदै एमाले

लोकपथ
2k
Shares

काठमाडाैं । पोखरा महानगरपालिकाको मतगणना जारी छ । नेकपा (एस) मेयर पदका उम्मेदवार धनराज आचार्यले अग्रतालाई निरन्तरता दिएका छन् । पछिल्लो मतपरिणाम अनुसार आचार्यले ३ हजार ४६५ मत प्राप्त गर्दा नेकपा एमालेका कृष्ण थापाले ३ हजार १०८ मत प्राप्त गरेका छन् । राप्रपाका शंकर खरालले भने १ सय ९३ मत प्राप्त गरेका छन् ।

त्यसतै उपमेयरमा नेपाली कांग्रेसले  तीन हजार ६०० मत पाउँदा राप्रपाकी रन्जनाकुमारी सेन पौडेल तीन हजार ५७५ पाएकी छिन् । एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङ भने दुई हजार २५० का साथ तेस्राे स्थानमा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?