भरतपुर महानगरमा सुवेदीले लिए अग्रता, रेणु १९ मतले पछाडि

लोकपथ
2.8k
Shares

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार विजय सुवेदीले अग्रता लिएका छन् । ७ हजार ६१ मत गणना गर्दा एमालेका विजय सुवेदीले २ हजार ५ सय ४९ मत प्राप्त गरेका छन् ।

त्यस्तै, सुवेदीलाई पछ्याइरहेकी माओवादी केन्द्रकी रेणु दाहालले २ हजार ५ सय ३० मत प्राप्त गरेकी छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ८३० मत प्राप्त गरेका छन् ।

त्यस्तै, उपमेयरमा गठबन्धनबाट चित्रसेन अधिकारीले २७६९ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १९७५ मत प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?