हुम्ला । हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् ।
उनका निकटतम प्रतिस्पर्धी एमालेका अजमल बुढाले ९९५ मत पाएका थिए भने जैसीले १८१० मत ल्याएर एमालेका बुढालाई पराजित गरेका हुन् ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् । उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।
ताँजकोटमा कांग्रेस र माओवादीको गठबन्धन थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया