काठमाडौंमा बलियाे देखिएकाे लाैराे पोखरामा किन कमजाेर ?

लोकपथ
9.9k
Shares

काठमाडौं । काठमाडौं महानगरमा जनताले लौरोमा मन खोलेरै मतदान गरेको देखिए पनि पोखरा महानगरमा भने त्यसो देखिएन । मतगणनाको सुरुवाती चरणदेखि नै काठमाडौंमा बालेन साहले अग्रता लिइरहेका छन् । एमालेको पक्कड भनिएका वडाहरुमा पनि बालेनले अग्रता लिएपछि कांग्रेस र एमाले झस्कीएका छन् ।

उता पोखरामा अटेरी समूहबाट स्वतन्त्र उम्मेदवारी दिएका खडकराज (गणेश) पौडेलले भने खासै मत ल्याउन सकेका छैनन् । यो सामग्री तयार पार्दासम्म ७३ मतका साथ उनी चौथो स्थानमा रहेक छन् । नेकपा एसका धनराज आचार्यले भने १३ सय ४९ मत प्रप्त गरिसकेका छन् ।

पोखरामा सामाजिक कार्यमार्फत चर्चा बटुलेका खडकराज (गणेश) पौडेलको स्वतन्त्र उम्मेदवारीमा राजनीतिक दल हाबी भएको देखिएको छ । यसको विपरीत काठमाडौमा भने युवाहरुको राजनीति प्रतिको वितृष्ण बालेनले पाएको मतले स्पष्ट पारेको छ ।

दुवै ठाउँका स्वतन्त्र उम्मेदवार महिनौ अघिदेखि सामाजिक संजालमा चर्चित भएका पात्र हुन् । तर, पौडेको त्यो चर्चाले मतदातालाई कुनै असर पारेको देखिएन भने बालेनको चर्चालाई अहिलेको मतगणनाको परिणम अनुसार सार्थक भएकाे देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?