नुवाकोट । जिल्लाको लिखु गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार सिताराम पुलामी मगर (राम) विजयी भएका छन् ।
नेपाली कांग्रेसको महासमिति सदस्य समेत रहेका मगर ८७९ मत ल्याउँदै प्यानलसहित विजयी भएका हुन् । उनको प्यानलबाट सदस्यहरुमा अमृतमान गुरुवाचार्य, शैलेन्द्र राई, शान्ति राई र ललिता मिजार निर्वाचित भएका छन् ।
उनका निकटतम प्रतिद्धन्दी सञ्जिब बहादुर राईले ३९२ मत ल्याएका हुन् ।
वडाध्यक्षमा निर्वाचित भएसँगै मगरले आफूले पाएको जिम्मेवारी अनुसार वडाबासीको सेवामा निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया