बुद्ध जयन्तीको अवसरमा भक्तपुरमा बौद्ध सम्पदाको दर्शनमा साइकल यात्रीहरू

लोकपथ
147
Shares

भक्तपुर । बुद्ध जयन्तीको अवसरमा भक्तपुरमा बुद्ध जयन्ती मुल समारोह समिति, भक्तपुर तथा साइकल कनेक्ट भक्तपुरको संयुक्त आयोजना भक्तपुरका बौद्ध सम्पदा दर्शन साइकल यात्रा भएको छ ।

साइकल यात्रामा भक्तपुर, पाटन, काठमाडौं र बनेपाबाट सय जना भन्दा धेरै साइकलयात्रीहरू सहभागी भएका थिए ।

यात्रा भक्तपुरको इनाचोमा अवस्थित मुनि बिहारका प्रमुख भिक्षु विपस्सी महास्थवीरद्वारा शील प्राथना पश्चात साइकल कनेक्ट भक्तपुरका अध्यक्ष सुमित बालालाई बौद्ध झण्डा हस्तान्तरण गरेपछि शुरू भएको थियो । सम्पदा अध्यता तथा लेखक गणेशराम रञ्जितले सहभागीहरूलाई यात्राको दौरान प्रत्यक महाबिहार, बहा तथा बही सम्बन्धित इतिहास, किंवदन्ती तथा सो स्थानमा मनाइने चाड तथा परम्पराको विषयमा वर्णन गरी ती सम्पदाकोबारे ज्ञान दिएर साइकल यात्रालाई रोचक र ज्ञानमुलक बनाएका थिए ।

भक्तपुर आउँदा सधैँ दरबार स्वायर र मुख्य बाटो मात्र हिड्ने गर्थ्यौ, आजको यात्रामा वास्तविक भक्तपुरको गल्ली तथा यहाँको विभिन्न बिहार, चैत्यहरू घुम्दै जानकारी लिन पाउँदा निक्कै नै उत्साहित छु– यात्राका सहभागी कमला पुनले बताइन् ।

‘मठ– मन्दिरले सजिएको नगर भक्तपुरमा यति धेरै बिहार तथा चैत्यहरू छन् भनेर कहिले याद गरेको थिएन । गल्लीभित्र साइकल चलाउदाँको रौनकता पनि बेग्लै, कार्यक्रम आयोजकलाई धेरैधेरै धन्यावाद’ – पाटनबाट आएका सहभागी राजेश महर्जनले खुसी व्यक्त गरे ।

करिब ७ किलोमिटरको साइकल यात्रा धर्मोत्तम महाबिहार (मुनि बिहार)– खँचा भक्तपुरबाट शुरु भएको थियो । त्यहाँंबाट ईन्द्रवर्ण महाबिहार – ईनाचो, मंगल धर्मदिप महाबिहार (झौरबही)– गोलमढी, लुँ बहा, सुकुलढोका – चतुरब्रह्म महाबिहार – साकोठाबाट टौमढी हुदै अखण्डशील महाबिहार – बोलाछेँ, नासमना हुदैँ खौमा बहा – खौमा, पद्मपानी लोकेश्वर -(लस्क द्य) – इनाछेँ, जेतवर्ण महाविहार – तेखापुखु, समक्रित महाबिहार -(कुटु बही)– भार्वाचो, जयक्रिती महाबिहार (थथु बही)– नः पुखू, पुण्य जेतवन महाबिहार– इटाछे पुगेको थियो । त्यहाँंबाट भक्तपुर दरबार स्वायर – बालाखु – त्रीपुरासुन्दरी – छुमागणेश – महालक्ष्मी – मञ्जुवर्ण महाविहार (वाउँ बहा), बेखाल , प्रशन्नशील महाबिहार– क्वाथन्दौबाट नवदुर्गा– गछें हुदै आदिपद्म महाविहार– सूर्यमढी पुगेको थियो । त्यहाँबाट जेंंला – वाचु टोल हुदैँ पुनः मुनि बिहारमा पुगेर समापन भएको थियो ।

कार्यक्रमको अन्त्यमा बौद्ध सम्पदा दर्शन साइकल यात्रामा सहभागी भइ भगवान बुद्धको शान्ती, मैत्री र करूणाको सु–सन्देश फैलाउन पुराएको योगदानको सम्मान गर्दै भिक्षु विपस्सी महास्थवीरले सम्पूर्ण सहभागीहरूलाई सम्मानपत्र प्रदान गरेका थिए । साथै भक्तपुरको बौद्ध संस्कृति तथा सम्पदाको विषयमा आफ्नो अमुल्य ज्ञान बाडेर कार्यक्रमलाई सफल बनाएकोमा सम्पदा अध्यता तथा लेखक गणेशराम रञ्जितलाई विशेष सम्मानपत्र प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?