पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

लोकपथ
112
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा २ हजार ९२ पीसीआर तथा ९६ एन्टिजेन परीक्षण गरिएकोमा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै आज (आइतबार) १५ जना कोरोना संक्रमणमुक्त भएका छन्।

हाल देशभर १४२ जना सक्रिय संक्रमित रहेका छन् भने मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?