ललितपुर महानगर : चिरीबाबु दोब्बर मतले अगाडि

लोकपथ
770
Shares

काठमाडौं । ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका मेयरका उम्मेदवार चिरीबाबु महर्जन अग्र स्थानमा रहेका छन् । उनले अहिलेसम्मको मत परिणाम अनुसार ८ सय ७७ मतका साथ अग्रस्थानमा छन् ।

महर्जनलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी एमालेका हरिकृष्ण ब्यञ्जनकारले ४०२ मत ल्याएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका अष्टबहादुर महर्जनले ३५ मत ल्याएका छन् ।

त्यस्तै, उपप्रमुखमा भने नेपाल कम्युनिष्ट पार्टी एमालेको अग्रता रहेको छ । एमालेकी मन्जली शाक्य बज्राचार्य ४ सय ४४ मत ल्याउदै अग्रस्थानमा छिन् । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका बाबुराजा बज्राचार्य २ सय ६७ मत ल्याउदै दोस्रो स्थानमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?