कति दिनदेखि थुप्रियो काठमाडौंमा फोहोर ?

लोकपथ
112
Shares

काठमाडौं । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिन भन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन ।

फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । सबैको ध्यान स्थानीय तह निर्वाचनको मत परिणामतिर केन्द्रीत भइरहँदा काठमाडौंमा फोहोर उठाउनेतर्फ भने कसैले ध्यान नदिएको हो कि भन्ने आभाष हुन थालेको सर्वसाधारण बताउँछन् ।

कहिले सिसडोलबासिको आन्दोलन त कहिले के कारणले गर्दा विभिन्न समयमा काठमाडौंमा हप्तौसम्म फोहोर नउठ्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?