साकेलामा २८ वर्षीय युवा वडा अध्यक्षमा निर्वाचित

लोकपथ
252
Shares

खोटाङ । खोटाङमा २८ वर्षीय युवा वडाअध्यक्षमा निर्वाचित भएका छन् ।

साकेला गाउँपालिका–५ मात्तिममा कांग्रेसकातर्फबाट जीवन न्यौपाने (खत्री) वडाअध्यक्षमा विजयी भएका हुन् । उनले १९७ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका सन्तोष राईले १७३ मत पाएका छन् । आइतबार घोषित परिणामअनुसार न्यौपानेको प्यानलबाट जयप्रकाश कट्ववाल, हरिहर ढकाल र महिला सदस्य निर्मला राई चुनिएका छन् । दलित महिला सदस्य कविता बिक भने एमालेकातर्फबाट विजयी भएका छन् ।

न्यौपाने नेबिसंघको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष हुँदै केही समयअघि भएको कांग्रेसको १४ राष्ट्रिय महाधिबेसनमा प्रदेश प्रतिनिधि बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?