काठमाडौं । सात वटा प्रदेशका सात सय ५३ स्थानीय तह मध्ये सात सय ५० स्थानीय तहमा वाणिज्य बैंकहरुले शाखा बिस्तार गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले हालसम्म चार हजार नौं सय ४९ वटा शाखाहरु सञ्चालनमा ल्याइसक्दा अब वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको स्थानीय तहको संख्या तीन मात्र देखिएको हो ।
जसअनुसार धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका, जाजरकोट जिल्लाको जुनीचाँदे गाउँपालिका र बझाङ जिल्लाको काँडा गाउँपालिकामा वाणिज्य बैंकहरुको शाखा पुग्न बाँकी रहेको छ । यी बाहेकका बाँकी स्थानीय तहहरुमा भने सबैजसो स्थानमा बैंकहरुको शाखा पुगेको छ ।
राष्ट्र बैंकका अनुसार प्रदेश नं १ मा एक सय ३७ स्थानीय तह रहेकोमा एक सय ३७ स्थानीय तहमा नैं वाणिज्य बैंकहरुको शाखा पुगेको छ भने प्रदेश नं २ मा पनि एक सय एक सय ३६ स्थानीय तह मध्ये सबैमा वाणिज्य बैंकहरुको शाखा पुगेको छ ।
बाग्मती प्रदेशमा भने एक सय १९ स्थानीय तह रहेकोमा एक सय १८ स्थानीय तहमा मात्र वाणिज्य बैंकहरुको शाखा पुगेको छ । यसैगरी गण्डकी प्रदेशमा ८५ मध्ये ८५ स्थानीय तहमा नै बैंकहरुको शाखा पुगेको छ भने लुम्बिनी प्रदेशमा पनि एक सय नौं मध्ये सबै स्थानीय तहमा बैंकहरुको शाखा पुगेको छ ।
कर्णाली प्रदेशमा भने ७९ स्थानीय तह मध्ये ७८ स्थानीय तहमा मात्र बैंकहरुको शाखा पुगेको छ । राष्ट्र बैंकका अनुसार सुदुर पश्चिम प्रदेशमा पनि ८८ स्थानीय तह मध्ये ८७ स्थानीय तहमा मात्र वाणिज्य बैंकहरुको शाखा पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया