वीरगन्ज महानगर : जसपाका राजेशमान सिंह ८ सय ३९ मतले अगाडि

लोकपथ
287
Shares

काठमाडौं । वीरगन्ज महानगरपालिकामा जनता समाजवादी पार्टी, नेपालका मेयर पदका उम्मेदवार राजेशमान सिंहले अग्रता बनाएका छन् ।

अग्र स्थानमा रहेको राजेशमान सिंहले १ हजार ५ सय ७ मत पाएका छन् । सिंहलाई पछ्याइरहेका नेपाल कम्युनिष्ट पार्टी (एमाले)का विजयकुमार सरावगीले ६ सय ६८ मत ल्याएका छन् । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीका गिरीश गिरीले ४१ मत पाएका छन् ।

यता, उपमेयरमा भने नेपाली कांग्रेसका इम्तियाज आलम ११०५ मतका साथ अग्र स्थानमा छन् । आलमलाई पछ्याइरहेका लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका पुरुषोतमलाल झाले १६० मत का साथ दोस्रो स्थानमा छन् ।

स्वतन्त्र उम्मेदवार रम्‍भा मिश्राले ९८ मत ल्याएकी छिन् भने, राष्ट्रिय प्रजातन्त्र पार्टीकी बिना जैसबालले ६० मत पाएकी छिन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?