काठमाडौं महानगर : बालेन हजार बढी मतले अगाडि, पछ्याउँदै स्थापित

लोकपथ
616
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ‘बालेन’ को अग्रता कायमै रहेको छ ।
कुल ६४७३ मत गणना हुँदा निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार साहले २ हजार ४ सय ५७ मत पाएका छन् ।

उनलाई एमालेका केशव स्थापितले १ हजार ४ सय २७ मतसहित पछ्याइरहेका छन् । नेपाली कांग्रेसकी सिर्जना सिंहले १ हजार १ सय ६८ मत पाएकी छन् ।

बालेन्द्रले बढी मत पाएपछि उनका समर्थक राष्ट्रियसभा गृह क्षेत्रमा उत्साहित देखिएका छन् । हाल मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?