काठमाडौं । भरतपुरमा रेणु दाहालको अग्रता कायमै रहेको छ । सत्ता गठबन्धन रहेको भरतपुरमा माओवादीले रेणु दाहाललाई उम्मेदवार बनाएको छ । यो समाचार तयार पार्दासम्म दाहालले १ हजार २ सय ८ मत मत प्रप्त गरेकी छिन् ।
प्रतिपक्षमा रहेको एमाले उम्मेदवार विजय सुवेदीले १ हजार ८७ मत पाएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उठेका जगन्नाथ पौडेलले ४ सय ३० मत पाएका छन् ।
त्यस्तै सत्ता गठबन्धनबाट कांग्रेसकी उपमेयर उम्मेदवार भएका चित्रसेन अधिकारी पनि अग्रस्थामै रहेका छन् । अधिकारीले १ हजार ३ सय ३० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ८ सय ७७ मत पाएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया