काठमाडौं । बाँकेको नेपालगंज उपमहानगरपालिका सत्ता गठबन्धन आगाडि देखिएको छ । १ हजार ६ हजार ५६ मतका साथ कांग्रेसमा मेयर उम्मेदवार प्रशान्त विष्ट अग्रस्थानमा रहेका छन् ।
राप्रपाका उम्मेदवार नन्दलाल वैश्य ८ सय ५९ मतले कांग्रेस उम्मेदवारलाई पछ्याउँदै छन् भने नेकपा एमलेका पवशुपति दयाल मिश्र तेस्रो स्थानमा रहेका छन् । यहाँ नेपाली कांग्रेस र जसपाबीच सहकार्य रहेको छ ।
त्यसतै उपमेयरमा जसपाका कमरुद्दीन राईले राप्रकी उम्मेदवार बिन्दु चर्ति मगर भन्दा मात्र ३ मतले अघि रहेका छन् । राईले पाँच सय ल्याउँदा मगरले ४ सय ९७ मत ल्याएकी छिन् । एमालेले भने ४ सय ४६ मत ल्याएको छ ।
यस अघि राप्रपाका धवल शमशेर राणले जितेको नेपालगंजमा राप्रपा र एमाले एक्ला एक्लै छन् भने उनीहरु विरुद्ध सत्ता गठबन्धन छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया