खोटाङमा नेकपा एसको दुई वडाध्यक्ष निर्वाचित

लोकपथ
3.9k
Shares

खोटाङ । खोटाङका दुई वडामा नेकपा एकीकृत समाजवादीका उम्मेदवार वडाध्यक्ष चुनिएका छन् ।

केपिलासगढी गाउँपालिका–२ खार्ताम्छामा मिलन राई र केपिलासगढी गाउँपालिका–३ बासपानीमा तुलाराम राई विजयी भएका हुन् । माओवादी केन्द्र र जसपासँगको गठबन्धनमा उनीहरु वडाध्यक्ष चुनिएका हुन् ।

खार्ताम्छामा दुई खुला सदस्य जसपाको र दुई सदस्य नेकपा एकीकृत समाजवादीका विजयी भएका छन् । यस्तै, बासपानीमा दुई खुला सदस्य माओवादी केन्द्रको र दलित महिलासहित दुई महिला सदस्य नेकपा एकीकृत समाजवादीका तर्फबाट भएका हुन् । खुला दुई सदस्य पनि महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?