काठमाडौं । काठमाडौं महानगरमा ३ हजार ४९ मतगणना हुँदा महानगरको स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले आफ्नो अग्रतालाई कायमै राखेका छन् । बालेनले ९ सय ८० मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ८ सय मत पाएका छन् ।
गठबन्धनकी उम्मेदवार सिर्जना सिंह भने ५ सय ९४ मतका साथ तेस्रो स्थानमा रहेकी छिन् ।
मतगणनाको सुरुवाती चरणदेखि नै अग्रता लिएका बालेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् । तर, बालेनलाई पछ्याएकी सिर्जना सिंह भने नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा पनी कम मतका साथ अहिले तेस्रो स्थानमा छिन् ।
राष्ट्रिय सभा गृहमा भइरहेको मतगणनामा अहिले काठमाडौंको वडा नम्बर १, २, ३, ४ र ३२ को मतगणना भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया