बाराको निजगढमा गठबन्धनको अग्रता

लोकपथ
700
Shares

काठमाडौं । बाराको निजगढ नगरपालिकामा गठबन्धनले अग्रता लिएको छ । अहिले पालिकाको वडा नंं १३ को मतगणना भइरहेको छ ।

मतगणनाको प्रारम्भिक मतपरिमाण अनुसार कुल १४ सय ५ मतमध्ये ११ सयको मतगणना हुँदा गठबन्धनबाट कांग्रेसका मेयर उम्मेदवार सुरेश कुमार खनाल ५ स ५७ का साथ अग्रस्थानमा रहेका छन् । उनलाई पछ्याएका एमाले उम्मेदवार सुरथ पुरीले ५ सय २० मत पाएका छन् ।

त्यस्तै गठबन्धनका उपमेयर उम्मेदवार रविराज दंगालले ५ सय ३४ मत ल्याएका छन् भने एमाले तर्फका उम्मेदवार सोममाया थिङ्गले ५ सय २४ मत पाएकी छिन् ।

राप्रपाको तर्फबाट उम्मेदवार बनेकी सावित्री भारतीको भने मात्र १ मत रहेको मुख्य निर्वाचन अधिकृत शम्भु प्रसाद बरालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?