काठमाडौं महानगरकाे उपमेयरमा गठबन्धन र राप्रपा बराबरीमा

लोकपथ
5k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकामा गठबन्धनबाट उपमेरका उम्मेदवार रामेश्वर श्रेष्ठ राष्ट्रिय प्रजातन्त्र पार्टीको उम्मेदवारसँग बराबरीमा रहेका छन् ।

उनले नेकपा एमालेबाट उम्मेदवार बनेकी सुनिता डंगोलसँग प्रतिष्पर्धा गर्ने आँकलन गरिए पनि उनले राम्रो मत लिन सकेका छैनन् ।

उनको प्रतिष्पर्धीको रुपमा रहेकी डंगोलले ६०२ मत प्राप्त गर्दा उनले भने जम्मा १२६ मत मात्रै प्राप्त गरेका छन् । यता राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाबाट उपमेयरको उम्मेदवार बनेकी बिनिता मगैयाले पनि १२६ मत प्राप्त गरेकी छिन् ।

यता मेयरमा भने स्वतन्त्रबाट उम्मेदवार बनेका बालेन साहले अग्रता कायमै राखेका छन् ।

केहीबेरअघि आएको नतिजा अनुसार बालेन उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापित भन्दा ११६ मतले अगाडी रहेका छन् । बालेनले ७३६ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ६२० मत प्राप्त गरेका छन् । त्यस्तै गठबन्धनबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ४२६ मत ल्याउँदै तेस्रो स्थानमा रहेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?