अग्रस्थानमा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार विनयकुमार यादव

लोकपथ
112
Shares

धनुषा । धनुषाको नगराईन नगरपालिकामा नेपाली काँग्रेसका मेयर पदका उम्मेदवार विनयकुमार यादव अग्रस्थानमा रहेका छन् ।

काँग्रेसका पूर्वउपसभापति समेत रहेका पूर्वउप्रधानमन्त्री विमलेन्द्र निधिको गृहगाउँ रहेको नगराईन नगरपालिकामा यादव अग्रस्थानमा छन् ।

नगराइन नगरपालिका–१ मा अहिलेसम्म ४३६ गणना भएको छ ।

अहिलेसम्म विनयले २१५ मत, नेकपा एमालेका रामबाबु पँजियारले १५४ मत र लोसपा नेपालका उम्मेदवार राजेश चौधरी राजुले २२ मत प्राप्त गरेको छ ।

उपमेयरमा भने कांग्रेसकी रञ्जु कुमारी साहले १९४, नेकपा एमालेकी राधा देवी यादवले १६८ र लोसपाका उम्मेदवार उर्मिला देवी मण्डलले १४ मत प्राप्त गरेकी छन् । भने मतगणना अझैपनि जारी नै रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?