हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको चंखेली गाउँपालिका–२ मा गठबन्धन दलले पुनः मतदानको माग गरेका छन् ।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारले धाँधली गरेर मतदातालाई मत हाल्नबाट वञ्चित गरेको बताउँदै गठबन्धन दलले निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनसँग पुनः मतदानको माग गरेका हुन् ।
संघीय सांसद छक्कबहादुर लामासहित हुम्ला जिल्लामा गठबन्धन आबद्ध दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले निर्वाचन अधिकृतको कार्यालय निवेदन पेस गर्दै पुनः निर्वाचन गर्न माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया