काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनामा एक हजार मत गनीसक्दा महानगरको स्वतन्त्रबाट मेयरको उम्मेदवार बनेका बालेन साहले अग्रता कायमै राखेका छन् ।
हालसम्म उनले ४ सय ८० मत प्राप्त गरेका छन् । त्यस्तै २ सय ८० मतसहित गठबन्धनकी उम्मेदवार सिर्जना सिंह दोस्रो स्थानमा रहेकी छिन् । नेकपा एमालेका उम्मेदवार केशव स्थापित भने जम्मा दुई सय मतका साथ तेस्रो स्थानमा रहेका छन् ।
अहिले काठमाडौंको वडा नम्बर १, २, ३ र ३२ को मतगणना भइरहेको छ । काठमाडौंको राष्ट्रिय सभा गृहमा मतदान जारी रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया