०७४मा एमालेले ‘क्लिनस्विप’ गरेको पाख्रीबासमा गठबन्धन अगाडी

लोकपथ
1.1k
Shares

काठमाडौं । धनकुटाको पाख्रीबास नगरपालिकामा सत्ता गठबन्धनको उम्मेदवारहरु अघि देखिएका छन् । पालिकामा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानबहादुर गुरुङ ८९ मतका साथ अग्रस्थानमा छन् भने माओवादीका उपमेयर उम्मेदवार ओमप्रकास निरौला ६८ मतका साग अघि छन् ।

मेयर उम्मेदवार गुरुङलाई पछ्याइरहेका नेकपा एमालेका भीमबहादुर राईले ४० मत ल्याएका छन् । त्यसतै एमालेका उम्मेदवार नम्रता गौतमले ४५ मत ल्याएकी छिन् ।

२०७४ को स्थानीय तहको निर्वाचनमा पाख्रीबास नगरपालिकाको सबै तहमा एमालेले जित हाँसिल गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?