एउटा वडामा मतगणना गर्न १२ घण्टा !

लोकपथ
351
Shares

मुगु । मुगुमा एउटा वडाको मात्रै मतगणना गर्न १२ घण्टाको समय लागेको छ । छायाँनाथ रारा नगरपालिका वडा नं १४ बामको मतगणना गर्न १२ घण्टा लागेको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय मुगुले शुक्रबार राति ११:३० बजेको समयमा मतगणना सुरु गर्ने भने पनि राति २ बजेबाट मतगणना सुरु गरिएको थियो ।

तर, १२ घण्टा बितिसक्दा पनि १४ वडाको मतगणना सम्पन्न हुन सकेको छैन । राति २ बजे बाट सुरु भएको मतगणना हालसम्म ५९९ मत मात्र गणना भएको छ भने अझै २६८ मतगणना गर्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?