सर्वदलीय बैठकपछि महालक्ष्मीको मतगणना सुरु

लोकपथ
126
Shares

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकामा मतगणनाका लागि बसेको सर्वदलीय बैठकमा सहमति जुटेपछि मतगणना सुरु भएको छ ।

लहालक्ष्मी नगरकी मतगणना अधिकृत सुशीला ज्ञवालीकाअनुसार शुक्रबार बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि मतगणना हुन सकेको थिएन ।

तर, अहिले सर्वदलीय बैठकको सहमतिअनुसार मतगणनाका लागि मतपेटिका खोलिएको अधिकृत ज्ञवालीले जानकारी दिइन् ।

प्रतिनिधि विवाद र उम्मेदवार नभएको चिह्नमा मत परेको सम्बन्धमा विवाद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?