१० स्थानीय तहको मतपरिणाम : एमाले ५, कांग्रेस ३, एस २ ठाउँमा विजयी

लोकपथ
819
Shares

काठमाडौं । स्थानीय तह निर्वाचनको मतपरिणामको नतिजा धमाधम आउने क्रम जारी छ । अहिलेसम्म देशभरबाट १० वटा स्थानीय तहको मतपरिणाम आइसकेको छ।

मतपरिणाम आइसकेको १० वटा स्थानीय तहमध्ये नेकपा एमालेले ५ वटा स्थानीय तहमा जित हात पारेको छ । त्यस्तै नेपाली कांग्रेसले ३ वटा स्थानीय तहमा जित हात पारेको छ । र नेकपा एकीकृत समाजवादीले २ वटामा जित हात पारेको छ।

जारी मतगणनाको अग्रताका आधारमा नेपाली कांग्रेस १०५ वटामा अगाडि छ भने एमाले ९४ स्थानीय तहमा अगाडी छ । त्यस्तै नेकपा एस २ र नेकपा माओवादी केन्द १४ वटामा अगाडि छ। अन्य दल तथा स्वतन्त्र उम्मेदवार १५ स्थानमा अगाडि छन्।

माले विजयी भएका पालिकाहरु : 

मनाङको मनाङ ङिस्याङ गाउँपालिका : नेकपा एमालेका कान्छा घले विजयी
मनाङको चामे गाउँपालिका : नेकपा एमालेका लोकेन्द्रबहादुर घले विजयी
डोल्पाको से फोक्सुण्डो गाउँपालिका : नेकपा एमालेका धावा सम्डुङ गुरुङ विजयी
मुस्ताङको घेकर दामोदरकुण्ड गाउँपालिका : नेकपा एमालेका लोप्साङ छोम्पेल विष्ट विजयी
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका : नेकपा एमालेका रिङजिन नामगेल गुरुङ विजयी

कांग्रेस विजयी भएका पालिकाहरु :

मनाङको नार्पा भूमी गाँउपालिका : नेपाली कांग्रेस कोन्जो तेन्जीङ लामा विजयी
मनाङको नासोँ गाउँपालिका : नेपाली कांग्रेसका धनबहादुर गुरुङ विजयी
मुस्ताङको घरपोझङ गाउँपालिका : नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी

एकीकृत समाजवादी विजयी भएका पालिका :

डोल्पाको छार्का साङतोङ गाउँपालिका : नेकपा एकीकृत समाजवादीका सेनाङ गुरुङ विजयी
डोल्पाको काइके गाउँपालिका : नेकपा एकीकृत सजमावादीका अंगदकुमार राना विजयी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?