सप्तरीका सात स्थानीय तहमा मतगणना सुरू

लोकपथ
130
Shares

सप्तरी । सप्तरीका १८ पालिकामध्ये सात वटामा मतगणना सुरु भएको छ । तीन नगरपालिका र चार गाउँपालिकामा मतगणना सुरु भएको हो ।

जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार सप्तकोसी नगरपालिका, सुरुङ्गा नगरपालिका र कञ्चनरुप नगरपालिकामा मतगणना सुरु भएको छ ।

गाउँपालिकाहरूमा अग्निसाइर कृष्णासावरण गाउँपालिका, तिलाठी कोइलाडी गाउँपालिका, महदेवा गाउँपालिका र विष्णुपुर गाउँपालिकामा मतगणना सुरू भएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेशकुमार जोशीले जानकारी दिए ।

जोशीका अनुसार केही पालिकामा सर्वदलीय बैठक जारी रहेको र केहीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ । उनका अनुसार केही पालिकामा सर्वदलीय बैठक जारी रहेको र केहीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?