गौरमा नेकपा एस र चन्द्रपुरमा कांग्रेसको अग्रता

लोकपथ
377
Shares

रौतहट । स्थानीय तह निर्वाचनको मतगणनाको प्रारम्भिक नतिजा आउन सुरू भएको छ । गौर नगरपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा भइरहेको मतगणनामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ ।

एकीकृत समाजवादीका तर्फबाट मेयरका उम्मेदवार शम्भु साहले हालसम्म २७२ मत प्राप्त गरेका छन् । वडा नम्बर १ को कुल ४०० मत गन्दा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल चिह्नमा ६५ र नेपाली कांग्रेसको रुखमा ४१ मत आएको छ । उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता रहेको छ ।

यसैगरी चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेस अग्रस्थानमा छ । कांग्रेसका तर्फबाट संजयकुमार काफ्लेले एक हजार एक २० मत प्राप्त गरेका
छन् भने एकीकृत समाजवादीका बाबुराम दहालले तीन सय ७४ मत पाएका छन् । निर्वाचन कार्यालयमा चन्द्रपुर वडा नम्बर १ मा मतगणना जारी छ । जिल्लाका अन्य पालिकामा पनि मतगणना सुरु हुने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?