बन्दीपुर गाउँपालिकामा माओवादीको अग्रता

लोकपथ
427
Shares

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिकामा माओवादी केन्द्र अगाडि देखिएको छ । स्थानीय तह निर्वाचनमा बन्दीपुर माओवादीले तनहुँमा अध्यक्ष र उपाध्यक्ष दुवै जितेको एक मात्र पालिका हो । यसपटक यहाँ माओवादीको अध्यक्ष र उपाध्यक्षका उम्मेदवार पुरानै दोहोरिएका छन् ।

वडा नम्बर १ र ४ को एक हजार २०० मतगणना हुदाँसम्म अध्यक्ष र उपाध्यक्षमा माओवादीको अग्रता छ । माओवादीबाट अध्यक्षका उम्मेदवार पुर्णसिं थापाले ४१५ र उपाध्यक्ष करुण गुरुङले ३८३ मत पाएकी छन् ।

नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरेन्द्रबहादुर थापाले ३५० मत पाएका छन् । यहाँ एमालेले कांग्रेसबाट कारबाहीमा परेका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गरेका छन् । जोशी समूहबाट उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएकी केशमाया गुरुङले १८४ मत पाएकी छन् ।

नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार धुर्वलाल प्रधानले ३२४ र उपाध्यक्षकी उम्मेदवार पञ्चमाया गुरुङले ३८२ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?