६३ स्थानमा एमालेको अग्रता

लोकपथ
18.5k
Shares

मतगणना सुरु भएका पालिकामध्ये नेकपा एमालले ६३ स्थानमा अग्रता लिएको छ ।

एमालेले अग्रथता लिएका केहि स्थान यी हुन् :

हेटौंडा उपमहानगरपालिका

हेटौंडाको मेयरमा एमालेले अग्रता लिएको छ । उपमहानगरमा एमालेका मेयरका उम्मेदवार अनन्त पौडेलले सुरुवाती अग्रता लिएका हुन् ।
२ सय मतगणना हुँदा अनन्त पौडेलले ७१ मत पाएका छन् भने गठबन्धन तर्फबाट नेकपा एकीकृत समाजवादीबाट मेयर पदकी उम्मेदवार मिना लामाले ६५ मत ल्याएकी छिन् ।

दमक नगरपालिका

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृह नगर दमकमा पनि एमाले उम्मेदवारले अग्रता लिएका छन् ।
अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार गीता अधिकारी १३९ मतसहित अग्रतामा छिन् । त्यसतै गठबन्धनका उम्मेदवार राम थापाले १२० मत पाएका छन् ।

मालारानी गाउँपालिका

मालारानी गाउँपालिकाको पछिल्लो मतपरिणाम अनुसार एमालेले अग्रता लिएको छ । एमालेबाट पालिका अध्यक्षका उम्मेदवार दलबहादुर भट्टराईले १ सय ५९ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवारले १ सय ३ मत ल्याएका छन् ।

सन्धिखर्क नगरपालिका

सन्धिखर्क नगरपालिकामा पनि एमालेकै उम्मेदवारले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार १ हजार ६ मत गणना हुँदा एमालेबाट नगर प्रमुखका उम्मेदवार कृष्णप्रसाद श्रेष्ठले ५ सय १३ मत ल्याएका छन् । गठबन्धनबाट कांग्रेसकी शान्ता भण्डारीले भने ४ सय ४९ मत ल्याएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?