एमाले उम्मेदवारलाई २ मतले हराउँदै कांग्रेसका लालचन गाउँपालिका अध्यक्ष निर्वाचित

लोकपथ
7.5k
Shares

काठमाडौं । मुस्ताङको घरपझोङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचन विजयी भएका छन्।

नेकपा एमालेका उम्मेदवारलाई २ मतको अन्तरले पराजित गर्दै लालचन अध्यक्षमा निर्वाचित भएका हुन्।
लालचनले ७६० मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी एमालेका सञ्जयकुमार थकालीले ७५८ मत पाएको मुस्ताङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै जमुना थापा मगर विजयी भएकी छन्। उपाध्यक्षमा निर्वाचित मगरले ६९३ मत ल्याइन् भने उनकी प्रतिस्पर्धी नेकपा एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?