काठमाडौं । हेटौँडा उपमहानगरपालिकाको मतगणना सुरु भएको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले शनिबारबाट मत गणना गर्ने सहमति गरेको थियो । मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माध्यमिक विद्यालयमा भइरहेको छ ।
मुख्य निर्वाचन कार्यालय हेटौँडाले चार स्थानमा मत गणनाको व्यवस्था गरिएको जानकारी दिएको छ । मतगणना स्थलमा तारजालीसहित सिसिटिभीको व्यवस्था गरिएको छ ।
शुक्रबार सम्पन्न मतदानमा हेटौँडा उपमहानगरपालिकाको कूल मतदाता मध्ये ६५ प्रतिशत मत खसेको थियो ।
मत गणनामा पहिले हेटौँडाको वडा नम्बर १,२,१८ र १९ को गरिने छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया