जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा बिहान पाँच बजेदेखि सुरू भएको मतगणनामा मेयरका स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।
जनकपुरधाममा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले अग्रता लिएका हुन् । वडा नम्बर १ को मतगणनाको क्रममा ६७ मत पाउँदै मनोजकुमारले अग्रता लिएका हुन् ।
एमालेका शिवशंकर साह हिराको पक्षमा पनि ७ मत परेको छ। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मनोज साहको साइकल चिन्हमा ५ र गठबन्धनको तर्फबाट जसपाका गठबन्धन उम्मेदवार लालकिशोर साहको छाता चिन्हमा ३ मत परेको छ।
नेपाली कांग्रेसबाट रूष्ट मनोजकुमार साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया